सानिमा बैंकद्वारा १८ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सम्पन्न

बुधबार आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा सानिमा बैंकले विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

नक्सालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले दश वर्ष निरन्तर सेवा पूरा गरेका कर्मचारीहरुलाई कृतज्ञताको प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गर्दै बैंकलाई सफल बनाउन सहयोग गर्ने संचालक समिति, व्यवस्थापन समूह लगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरुमा कृतज्ञता व्यक्त गरे । कर्मचारीहरुको वृत्ति विकास भई गुणस्तरीय कार्यसम्पादन मार्फत ग्राहक सेवामा थप सहयोग पुराउने हिसाबले आगामी दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने जानकारी गराए ।

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा  अन्य स्थानीय रक्तदाताहरुको उल्लेखनीय सहभागितामा रहेको थियो । सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आधुनिक र अत्याधुनिक प्रविधि प्रयोग गरी थप सुविधाहरू सहितको परिष्कृत शैलीमा आफ्नो वेबसाइट सुरु गरेको छ । यस वेबसाइट मार्फत तपाईले विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न,सीआस्वा र मेरो शेयरको लागी आवेदन दिन सक्नुहुन्छ। साथै, विदेशमा रहेका नेपालीले पनि इकेवाइसी तथा भीकेवाइसीबाट खाता अपडेट गर्ने सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Comments

Back to top