नेपाल धितोपत्र बोर्ड मुुद्दती निक्षेपमा लगानी गर्दै

नेपाल धितोपत्र बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डमा रहेको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्ने भएको हो । आफूले दिन सक्ने एक वर्षे ब्याजदर सहित इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकले अबको ५ दिन अर्थात् मंसिर २७ गतेभित्र आवश्यक कागजात सहित सिलवन्दी प्रस्ताव पेश गर्न सेबानले आग्रह गरेको छ ।

प्राप्त सिलबन्दी प्रस्तावहरु पेश गर्ने अन्तिम दिनको अपरान्ह ४ः१५ बजे बोर्डको कार्यालय, खुमलटार, ललितपुरमा खोलिने जनाएको छ ।

Comments

Back to top