विन नेपाल लघुवित्तको एफपीओमा नेपाल एसबीआई मचेण्ट बिक्री प्रबन्धक नियुक्त

विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

एफपीओ निष्काशन प्रयोजनार्थ यी दुई कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। लघुवित्तले प्रतिशेयर १०० अंकित मूल्यका ५१ हजार २९३ कित्तामा प्रचलित कानून बमोजिम अंकित मूल्यमा प्रिमियम थप गरी एफपीओ निष्काशन गर्न लागेको हो।

Comments

Back to top