म्याक्सिम गोर्की: एक महान समाजवादी लेखक!
म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको वुबाको नाम माक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा यिनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षका हुँदा यिनको माता परलोक भइ्न । बालक कालमा केही समय यिनी बुढा बा र बुढी आमाको छत्र छाँयामा बसेका थिए ।
म्याक्सिम गोर्कीको बालककाल अत्यन्त गरिबी र दुःखमा बित्यो । बुढा बाले गर्दै आएको लुगा रङगाउने पेशा नचलेपछि यिनको बाल्यकाल पनि कष्टप्रद हुन पुग्यो । खानेकुराको अभावमा हुन पुग्यो तसर्थ आठ वर्षको गोर्की पनि कामको खोजीमा घरबाट निस्कन पुगे । यिनले जुत्ता सिउने काम पनि सिके तर परिस्थिति गोर्कीको अनुकुल हुन सकेन । आफुले गर्न थालेको काम पनि छाडेर नौ वर्षे बालक गोर्की अज्ञात र असिमित गन्तव्य तर्फ आफ्नो पाइला चाले। थाहै नभएको विश्व तर्फ आफुलाई अगाडि बढाए। उनले अक्षर चिन्न र स्कुलको मुखसम्म देख्न भएपनि पाए । तरपनि आफ्नो गरिबीको कारण विद्यालयको निरन्तर अध्ययन गर्न भने पाएनन् । तथापि गोर्कीमा अध्ययनको भोक भने अत्यन्तै थियो। विद्यालयको अध्ययनलाई निरन्तरता दिन नसके पनि प्रसिद्ध लेखकहरुका किताब अध्ययन गर्ने इच्छा यिनमा पलायो।
देशको सामाजिक भिन्नता, भौगोलिक भिन्नता, जारशाही शासनबाट दिक्क भएका जनताबाट यिनी साक्षात्कार भए । समाज फेर्न चाहनेहरुसंग संगत गर्न पुगे, राजनितिक मानिसहरुको सम्पर्कमा आए । देशका विभिन्न भागमा पुगेर यिनले धेरै ज्ञान समेट्न सफल भए । गोर्कीले लेखक कोरालेङकोबाट प्रयाप्त प्रेरणा पाएका थिए । गरिब परिवारमा जन्मिएका गोर्की एक कुशल लेखक बन्न पुगे । यिनले जीवनका यर्थाथ समेटेर कथा पनि लेखे । रसियाली जनताको चाहना जागरुक बनाएर उपन्यासहरु रचना गरे । यिनी जार शासनबाट मुक्ति चाहने राजनितीक दलमा सामेल पनि भए ।
सन् १९०८ मा प्रकाशित आमा उपन्यास उनको सबैभन्दा महत्वपूर्ण कृति बन्न पुग्यो । यो उपन्यास पचास भन्दा बढी भाषामा छापिएको छ, भने यो करोडौं प्रति बिक्री भइसकेको छ । गोर्कीका अन्य कृतिहरुमा तीन मान्छेहरु (१९०१), स्वीकारोक्ति (१९०८), आस्रामोनोभिख व्यवसाय (१९२५) आदी उपन्यास हुन् भने नाटकहरु आरामप्रिय नागरिकहरु (१९०२), निकृष्ट खाल्डो (१९०२), ग्रिष्मकालिन जनता (१९१५) आदि लेखे । उनका प्रसिद्ध कथाहरुमा नुनिलो सिमसारमा (१८९३), बाजेको गीत (१८९५), आँधीमय पेत्रेल चराको गीत (१९०१) पर्दछ ।
उनको निधन रुसमा सन् १९३६ जून १८ का दिन भएको थियो।
यसरी, यस्ता महान् लेखक म्याक्सिम गोर्की आज हाम्रो सामु छैनन् तथापी उनका कृतिहरुले उनले सदा सर्वदा कलम प्रेमिका माझ अमर छन्। जारशाहीको विरोधी, जनताका लेखक म्याक्सिम गोर्की आजपनि विश्वबासि माझ अत्यन्त प्रिय छन्।
Comments