कार्ल मार्क्स: प्रभावशाली राजनितिक दार्शनिक!
कार्ल मार्क्स: प्रभावशाली राजनितिक दार्शनिक!
आजभन्दा ठ्याक्कै २०० वर्षअघि अर्थात् ५ मे, १८१८ मा विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल माक्र्सको जन्म भएको थियो । मार्क्स जन्मेको समय यूरोपमा सामनतावादी व्यवस्था विरुद्ध नयाँ खालको जागरण आएको थियो।६५ बर्षको उमेरमा निधन भएको थियो।
बेलायतमा सम्पन्न पहिलो औद्योगीक क्रान्ति यूरोपमा विस्तारित भैरहेको थियो। मार्क्सबादका प्रर्वधक कार्ल मार्क्सको जन्म मध्यम आयस्तर भएको यहुदी परिवारमा भएको थियो। उनका बुबा वकिल थिए। स्थानीय तहको शिक्षा सके पछि मार्क्सले बोन विश्व विद्यालयमा कानुन बिषयको अध्यन गरे।
जर्मनीको बर्लिन विश्व विद्यालयमा अध्यन गर्दा उनी त्यस बेला जर्मनका प्रसिद्ध दार्शनिक जर्ग विल्ह्मि फ्रेडरिक हेगेलका अनुयायी बने। सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर रेन्चे जाइतुङ नामक पत्रिका निकाले।
कार्ल मार्क्स र एंगेल्स मिलेर कम्युनिष्टहरुको पहिलो अन्तराष्ट्रिय संंगठन निर्माण गरे। कार्ल मार्क्सले गोथा कार्यक्रम को आलोचना , दर्शनको दरिद्रता , लुइ बोनापार्टको अठारौ ब्रुमियर, अतिरिक्त मूल्यको सिद्दान्त र पुँजी लगायतका कालजयी किताबहरु प्रकासित छन्। दर्शन, राजनैतिक अर्थशास्त्रको र बैज्ञानिक समाजबादका क्षेत्रमा माक्र्सका योगदान कालजयी छन्।
दर्शन
दर्शनमा कार्ल मार्क्सले एतिहासिक द्धन्दात्मक भौतिकबादी दर्शनको आबिस्कार गरे। त्यो भन्दा अगाडि हंगेलको द्धन्दबाद र फायरबाखको भौतिकबादको बोलबाला थियो। हंगेल द्धन्दबादी त थिए तर आदर्शबादी थिए भने फयरबाख चै भौतिकबादी त थिए तर द्धन्दबादी थिएनन्।
मार्क्सले एतिहासिक द्धन्दात्मक भौतिकबादको बिकास गरे। आज मार्क्सबाद नमान्ने पुँजीबादीहरु समेत माक्र्सको एतिहासिक भौतिकबादलाइ मान्न बाध्य छन्। मार्क्सको यो दर्शनले दुनियाँको द्धन्दात्मक भौतिकबादी दृष्टिले बुझन सिकाउद छ।
राजनैतिक अर्थशास्त्र
यस क्षेत्रमा पुँजी निमार्ण र परचिालनको अवस्थाको गहिरो अध्यन पछि मार्क्सले कसरी मजदुरबर्ग माथि पुँजपितिबर्गले शोषण गर्दछ। कसरी अतिरिक्त मुल्यको सृजना हुन्छ।
श्रमशक्तिको कसरी दोहन हुन्छ र मजदुर तथा श्रमिक बर्गको मुक्ति कसरी संभव हुन्छ भन्ने कुरा उल्लेख गरे। निजी सम्पत्तीका ठाँउमा सामुहिक सम्पत्ती र सामुहिक उत्पादन प्रणलीको बिकल्प प्रस्तुत गरे।
बैज्ञानिक समाजबाद
यस क्षेत्रमा मानब बिकासको ऐतिहासिक अवस्थाको अध्ययन गरी मार्क्सले मानव जातिको इतिहास बर्ग सघर्षको इतिहास भएको तथ्य उदघाटित गरे। श्रमजिवि बर्गले पुँजीबादी शोषणका बिरुद्द संघर्ष गरेर राज्य सत्ता हातमा लिएर समाजबाद हुदै साम्यबादमा जानु पर्ने कुरामा जोड दिए।
सर्वहारा बर्गको हातमा राज्यसत्ता सर्बहाराबर्गको अधिनायकत्व हुदै बर्ग बिहिन राज्य बिहिनं अन्तराष्ट्रिय मानव जाति र मानवता सहितको पूर्ण स्वतन्त्र मानवको परिकल्पना माक्र्सले गरेका छन्। संसारलाइ बुझ्ने मात्र हैन बदल्ने कुरामा मार्क्सको सधै जोड रह्यो।
कार्ल मार्क्सको ब्यक्तिगत जिवन भने अभावमै बित्यो। मार्क्सले सन् १८४२ मा जेनी मार्क्ससँग प्रेम बिवाह गरेका हुन् । उनका सात सन्तान थिए। मार्क्सलाइ जस्तो सुकै अभावमा पनि सम्पन्न परिवारमा जन्मिएकी जेनीले जिवन पर्यान्त सहयोग गरिन्। मार्क्सको परिवारले मानब जातिको मुक्तिका लागि आफ्नो सन्तान मर्दा कात्रो किन्न समेत पैसा नहुने अभाव समेत व्यहोरेको थियो।
सन् १८८३ को मार्च १४ का दिन कार्ल मार्क्सको निधन भएको थियो।
यसरी, पुँजीवादी समाज परिवर्तनको ढाँचा र स्वरूप कसरी अघि बढ्छ भन्ने कार्लमार्क्सको व्याख्या हालको नेपाली समाज परिवर्तनको दिशाबोध गर्न अत्यन्त उपयोगी छ।
Comments