पेरेन्ना होई टिंग: २४ बर्षमै अर्बपति बनेर सन्सार हल्लाउने नारी!

चीनकी २४ बर्षीया पेरेन्ना होई टिंग विश्वकै सबैभन्दा कम उमेर अर्वपति बनेर चर्चाको शिखरमा पुगेकी हुन् ।  सानो उमेरमा नै १.३ अर्ब डलर सम्पत्ति कमाएकी उनी अहिले युवाहरुको लागि प्रेरणाको स्रोत बनेकी छिन्।

चीनको रियल एस्टेट डेवलपर लोगान प्रोपर्टीकी अध्यक्ष र मुख्य कार्यकारी अधिकारी जी हैपेङकी छोरी हुन् पेरेन्ना, भने सोही कम्पनीमा कार्यकारी निर्देशक छिन् । उनीले  लन्डन विश्वविद्यालयबाट स्नातक गरेकी हुन् र अहिले उनी हङकङमा बस्छिन्।

उक्त कम्पनीमा उनको ८५ प्रतिशत सेयर रहेको छ । उनी लण्डन विश्वविद्यालयबाट फाइनान्स र अर्थशास्त्र विषयमा स्नातक गरेकी छिन् । हाल उनी हङकङमा बस्दै आएकी छिन् । पेरेन्ना युवा अर्वपतिहरुको सूचिमा अटाएकी एक मात्र चिनियाँ समेत हुन् । 

यसरी, २४ वर्षीया चिनियाँ महिला १.३ अर्ब डलरको सम्पत्तिसहित विश्वकै कान्छी अर्बपति बनेर बिश्वका अरु महिलाहरुको लागि प्रेरणाको श्रोत बनेकी छिन्। 

Comments

Back to top