डिएगो म्याराडोना: अर्जेन्टिनी फुटबलका जादुगर!
डिएगो म्याराडोनाको जन्म ३० अक्टोबर १९६० मा भएको थियो। उनी अर्जेन्टिनाका व्यावसायिक फुटबल खेलाडी तथा प्रशिक्षक थिए।
आफ्ना प्रशंसक तथा अनुयायीहरूका माझ पिबे दे अरोको (सुनौलो बालक) नामबाट परिचित म्याराडोनाले आफ्नो व्यावसायिक फुटबल खेलजीवनको अधिकांश समय अर्जेन्टिनोस जुनियर्स र इटालेली क्लब नापोलीमा एक मध्यपङ्क्तिको भूमिका निर्वाह गर्दै बिताएका थिए।
उनी मूल रूपमा एक आक्रमक मध्यपङ्क्तिका फुटबल खेलाडी थिए भने उनले कहिलेकाँही मध्यवर्ती आक्रमक मध्यपङ्क्तिको रूपमा पनि खेल खेल्ने गरेका थिए। थुप्रै फुटबल खेलाडी तथा विशेषज्ञहरूले उनलाई सबै समयका सर्वश्रेष्ठ फुटबल खेलाडी मान्दथे। म्याराडोना खेलकूदको संसारमा सबैभन्दा विवादास्पद र महत्वपूर्ण व्यक्तित्व मध्ये एक मानिन्छन्।
सन् १९९१ मा इटालीमा मादक पदार्थको परीक्षण गर्दै गर्दा उनले कोकिन नामक मादक पदार्थ प्रयोग गरेका कारण फुटबल खेल्नबाट १५ महिनासम्म निषेधित गरिएको थियो। सन् १९९४ को फिफा विश्वकपका इफेड्रिनको सकारात्मक परीक्षणका लागि उनी अयोग्य घोषित भएका थिए। सन् २००५ मा म्याराडोनाले कोकिनको नशा त्यागेका थिए। उनको कडा शैलीका कारण उनी र पत्रकारखेल विशेषज्ञ बीच धेरै मतभिन्नताहरू रहेका छन्।
सन् १९९६-७७ फुटबल संस्करणमा उनी आर्हेन्तिनोस नामक एक अर्जेन्टिनी फुटबल क्लबको वरिष्ठ टोलीमा आवद्ध भएका थिए भने उनले सोही क्लब मार्फत आफ्नो वरिष्ठ फुटबल खेलजीवनको सुरुवात गरेका थिए। उक्त क्लबसँगको ५ वर्षे बसाइँमा उनले क्लबका लागि कुल ५ संस्करणहरूमा १६७ खेलहरूमा सहभागी भएका थिए भने त्यसपछि उनी १० लाख ५० हजार युरोको लागतमा बोका जुनियर्स नामक फुटबल क्लबमा आवद्ध भएका थिए। बोका जुनियर्समा आवद्ध भएकै वर्ष उनले क्लबको तर्फबाट लिग उपाधि जित्न सफल भएका थिए।
उनलाई नापोली नामक एक इटालेली क्लबमा ७० लाख युरोको विनिमयमा क्लबमा स्थानान्तरण गरिएको थियो भने सर्वाधिक रकमका साथ अर्को क्लबमा स्थानान्तरण भएका कारण उनले नयाँ विश्व कीर्तिमान राख्न सफल भएका थिए। अर्जेन्टिनाका "नम्बर टेन" ले आफ्नो राष्ट्रको लागि १९८६ मा विश्वकप जिताउन मद्दत गरेका थिए।
म्याराडोना फुटबल इतिहासका प्रथम खेलाडी थिए जसले दुईपटक स्थानान्तरणको विश्व कीर्तिमानलाई तोडेका थिए। त्यसपछिका वर्षहरूमा उनी स्पेनी सेभिया र ओल्ड ब्वाइजमा आवद्ध भएका थिए। पछिल्लो सन् १९९५-१६ फुटबल संस्करणमा उनी प्रतिबन्ध फुकुवा भई पुनः र बोका जुनियर्समा सामेल भएका थिए जहाँ उनले २ संस्करणहरू खेलेपछि फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका थिए।
२५ नोभेम्बर २०२० मा, ६० वर्षिया म्याराडोनाको राजधानी बुएनोस आइरेसको तिग्रे सहरमा उनको आफ्नै घरमा हृदयघातको कारण मृत्यु भएको थियो। उनको निधनको परिणाम स्वरूप राष्ट्रपति आल्बेर्तो फेर्नादेसले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए।
यसरी, फुटबलको लागि आफ्नो जीवन समर्पित गरेका डिएगो अर्मान्डो म्याराडोना इतिहासकै महान् फुटबल खेलाडी मानिने गरेका छन् र उनको अद्भुत खेलशैलीले विश्वभरका फुटबलप्रेमीलाई सदा नवीन प्रेरणा दिईरहने छ।
Comments