अंशुला कान्त: विश्व बैंककी प्रबन्ध निर्देशक
विश्व बैंककी प्रबन्ध निर्देशक अंशुला कान्त अहिले भारतको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इण्डिया (एसबीआई)की प्रबन्ध निर्देशक एवम् चिफ फाइनान्सियल अफिसर छिन् ।
कान्तले विश्व बैंक समूहको वित्तीय र जोखिम व्यवस्थापनसम्बन्धी जिम्मेवारी सम्हाल्छिन्। उनले फाइनान्सियल रिपोर्टिङ, जोखिम व्यवस्थापन लगायत काम गर्छिन् । विश्व बैंकअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडिए) लगायत अन्य संस्था परिचालनका लागि उनले विश्व बैंकका सीईओ क्रिष्टलिना जर्जिभासँग सहकार्य गरेर काम गर्छिन् ।
उनले सन् १९८३ मा प्रोबेस्नरी अफिसरको रुपमा एसबीआई प्रवेश गरेकी थिइन् । मिहिनेत र लगनशीलताका कारण उनी प्रोमोट हुँदै प्रबन्ध निर्देशकसम्म बनिन्। उनले मुम्बई एसबीआईमा प्रमुख व्यवस्थापक भएर पनि काम गरेकी छिन् भने नेशनल बैंकिङ ग्रुप संचालनका लागि डेपुटी मेनेजिङ डाइरेक्टरको जिम्मेवारी पनि सम्हालेकी छिन्।
कान्त हाल स्ट्रेस्ड एसेट्स, रिस्क एण्ड कम्प्लायन्सकी इन्चार्ज हुन् । एसबीआईको सिंगापुर युनिटमा सीईओ भएर समेत काम गरिसकेकी उनले नोटबन्दीको समयमा पनि उत्कृष्ट कार्य गरेकी थिइन् । चिफ फाइनान्स अफिसरका रुपमा उनले बैंकको पुँजीगत विकासमा ठूलो योगदान पुर्याएकी छिन् ।
यसरी, रिटेल बैंकिङ, कर्पोरेट क्रेडिट, क्रस बोर्डर ट्रेड र बैंकिङ इन डेभलप्ड मार्केटमा उनको निपुणता पाइन्छ ।
Comments