नेप्सेमा करिब ११ अङ्कको वृद्धि, कारोबार रकम करिब साढे ९२ करोड नजिक!

आज बिहिबार ११.५६ अङ्कले बढेर ०.६०% वृद्धिका साथ नेप्से परिसूचक १९३३.५५ अंकमा बन्द भएको छ। कारोबार भएका २३२ कम्पनीमध्ये १२४ कम्पनी उकालो लागेका छन्, ४९ कम्पनी ओरालो लागेक छन् भने १७ कम्पनी स्थिर  रहेका छन्।

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा घलेम्दी हाईड्रो रहेको छ, जसको ६.८३% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा किसान लघुवित्त रहेको छ, जसको सेयर मूल्य २.८९% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोलुममा  साइन रेसुँगा  बैंकको  कारोबार भएको छ।

Comments

Back to top