ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ २४४ रूपैयाँ ८ पैसा कायम भएको छ । नेप्सेले बैंकको अन्तिम कारोबार मूल्य २५१ रूपैयाँ ४० पैसा आधार मानेर यसको मूल्य समायोजन गरेको हो । हाल ग्लोबल आइएमई र बैंक अफ काठ्माण्डु मर्जर प्रकृयामा रहेका छन् ।

Comments

Back to top