अब्दुल कलाम: एक राजनेता र वैज्ञानिकको कथा!

अवुल पाकिर जैनुलाब्दीन अब्दुल कलामको जन्म अक्टोबर १५, १९३१ मा भएको थियो। उनी भारतीय वैज्ञानिक र राजनीतिज्ञ हुन् जसले भारतको मिसाइल र आणविक हतियार कार्यक्रमको विकासमा अग्रणी भूमिका खेलेका थिए।उनी सन् २००२ देखि २००७ सम्म भारतको राष्ट्रपति भएका थिए।

कलामले पाँच वर्षको अवस्थामा रामेश्वरमका पंचायत प्राथमिक स्कूलमा दीक्षा-संस्कार भएको थियो । कलामले सन् १९५८ मा मद्रास इन्स्टिच्यूट आफ टेक्नोलजीबाट अन्तरिक्ष विज्ञानमा स्नातकको उपाधि प्राप्त गरेका थिए । स्नातक गरिसके पछि उनले हावरक्राफ्ट परियोजनामा काम गर्नका लागि भारतीय रक्षा अनुसन्धान एवं विकास संस्थानमा प्रवेश गरे। १९६२ मा उनी भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनमा आए जहाँ उनले सफलतापूर्वक धेरै उपग्रह प्रक्षेपण परियोजनाहरूमा आफ्नो भूमिका निभाए । 

त्यस्तै, उनले भौतिकशास्त्र र एरोस्पेस इन्जिनियरिङ अध्ययन गरे। उनले राष्ट्रपति पछिको चार दशक एक वैज्ञानिक र विज्ञान प्रशासकको रूपमा बिताए। मुख्यतया रक्षा अनुसन्धान र विकास संगठन, भारतीय अन्तरिक्ष अनुसन्धान संगठनमा, भारतको नागरिक अन्तरिक्ष कार्यक्रम र सैन्य मिसाइल विकास प्रयासहरूमा घनिष्ठ रूपमा संलग्न थिए। उनले भारतको पोखरण-२ आणविक परीक्षणमा पनि महत्वपूर्ण संगठनात्मक, प्राविधिक र राजनीतिक भूमिका खेलेका थिए।

कलाम सत्तारूढ भारतीय जनता पार्टी र तत्कालीन विपक्षी भारतीय राष्ट्रिय कांग्रेस दुवैको समर्थनमा सन् २००२ मा भारतको ११ औं राष्ट्रपति निर्वाचित भएका थिए। उनी एकल कार्यकाल पछि शिक्षा, लेखन र सार्वजनिक सेवाको आफ्नो नागरिक जीवनमा फर्किएका थिए। उनी भारतको सर्वोच्च नागरिक सम्मान, भारत रत्न सहित धेरै प्रतिष्ठित पुरस्कारहरू प्राप्तकर्ता थिए।

इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट शिलोङमा व्याख्यान दिंदै कलाम ढले र २७ जुलाई २०१५ मा स्पष्ट हृदयघातबाट ८३ वर्षको उमेरमा मृत्यु भयो।

यसरी, उनी  भौतिक रुपमा हामीसँग नभए तापनि उनका प्रभावशाली आविष्कार र उनको देशप्रतिको   योगदान सदैव मानव मानस्पटललाई झक-झकाई रहने छन्। 
 

Comments

Back to top