तिन वटा कम्पनीले आईपीओ निष्काशन गर्न बोर्डमा दिए निवेदन

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, मोदी इनर्जी लिमिटेड र मेनछ्याम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएका छन् ।

मोदी इनर्जी लिमिटेडले ७२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि गत भदौ ३१ गते सेबोनमा निवेदन दिएको छ। विक्री प्रबन्धकमा भने सनराइज क्यापिटल लिमिटेड रहेको छ । मोदी इनर्जी लिमिटेडले पर्वत जिल्लामा २० मेगावाट क्षमताको हाइड्रोपावर निर्माण गरिरहेको छ ।

त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले १ करोड २३ लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि गत असोज ४ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले दाङ जिल्लामा सिमेन्ट उत्पादन गर्दै आएको छ । 

त्यसैगरी मेनछ्याम हाइड्रोपावर पावर लिमिटेडले १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको छ। बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । मेनछ्याम हाइड्रोपावर लिमिटेडले संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको अपर पिलुवा खोला २ निर्माण गरिरहेको छ ।

Comments

Back to top