सिटिजन्स बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा १७%सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता
सिटिजन्स बैंक इन्टरनेसनल र नेसनल प्याथ ल्याबबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौता अन्तर्गत सिटिजन्स बैंकका कार्डबाहकले नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्यसम्बन्धी जाँच र हेल्थ प्याकेजहरुमा १७%सम्मको आकर्षक छुट पाउने जनाईएको छ।
आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुआत गरिसकेको छ। यसका साथै बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा [email protected] मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन्।
Comments