टीभीएस नेपालको रु. ५० लाखसम्म जित्ने अफर सार्वजनिक !
टीभीएस टु-व्हिलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैँ-तिहार आदि पर्वको पावन अवसरमा ‘कायापलट’ नामको विशेष अफर लन्च गरेको छ।
यो अफरअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। सो अफर भदौ २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुने बताईएको छ।
“कायापलट“ योजना अन्तर्गत बाइक नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ। हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्टफोन प्रदान गरिने बताईएको छ। यसका साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहारस्वरुप रु. ५० लाखको नगद पुरस्कार दिईने कम्पनीले बताएको छ।
यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ, जसमा २०% डाउनपेमेन्ट वा रु. ४ हजार २०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिने कम्पनीले जनाएको छ।
विजेताको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने बताईएको छ।
Comments