सेञ्चुरी र प्रभु बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो स्वीकृति
नेपाल राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी कर्मसियल बैंकलाई मर्ज गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले स्वीकृति प्रदान गरेको हो।
दुई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभिने गरी सम्झौता भएको छ। सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्ने छन्। संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मसान्तसम्म मर्जरको एकिकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ।
हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जर पछि बन्ने बैंकको चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्नेछ ।
Comments