फोनपे ले पायो ‘एक्सिलेक्स इन फिनटेक इनोभेसन २०२२’ अवार्ड
नेपालको उच्चस्तरीय भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड ‘एक्सिलेक्स इन फिनटेक इनोभेसन–२०२२’ अवार्डबाट सम्मानित भएको छ।
भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स् इनोभेसन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो।
कार्यक्रममा राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थिति पनि रहेको थियो। कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीहरुलाई सम्मान गरिएको थियो।
फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ।
साथै, फोनेमार्फत अन्तरबैंक फन्ड ट्रान्सफर, हब पेमेन्टलगायतका कारोबार गर्न मिल्छ। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन्। यस्तै, फोनपेमा अहिलेसम्म ७ लाखभन्दा बढी मर्चेन्ट आबद्ध रहेका छन्।
Comments