मुक्तिनाथ विकास बैंकको साढे २२ लाखसम्मको बीमा सुविधा भएको मुद्दति योजना सार्वजनिक
मुक्तिनाथ विकास बैंकले उच्च ब्याजदर प्रदान गर्नेे र रु. २२.५० लाखसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना लन्च गरेको छ।
यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खातामा न्यूनतम रु. ५ लाख मौज्दात राखेर मुद्दति खाता खोल्ने ग्राहकले आफ्ना लागि रु. १० लाखसम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमाका साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु. १० लाखसम्मको दुर्घटना बीमा सुविधा पाउने बैंकले जनाएको छ। साथै, ग्राहकले १ वर्षदेखि २ वर्षसम्मको मुद्दति खाता खोल्न सक्नेछन् र जति अवधिको मुद्दति खाता खोल्नेछन्, त्यति नै समयावधिका लागि बीमा सुविधा प्राप्त गर्नेछन्।
यसका अतिरिक्त, बैंकले आफ्नो एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटकर्वमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था समेत गरेको छ।
Comments