सानिमा बैंकले ल्यायो मोबाइल बैंकिङ्गमा विशेष अफर
सानिमा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिङ्गमा विशेष योजना लन्च गरेको छ। यस योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टपअप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम १०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन्।
यस्तै, मोबाइल बैंकिङ्ग ग्राहकमध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नेछन् । मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नेछन् । यो योजना भाद्र १३ देखि मंसिर १३ गतेसम्म लागू हुने बैंकले बताएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । यस्तै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था पनि रहेको छ ।
Comments