गरिमा विकास बैंकको छोटो समयमै निक्षेप डबल र ट्रिपल हुने मुद्दति योजना सार्वजनिक
गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप डबल र ११६ महिना ६ दिनमा निक्षेप ट्रिपल हुने ‘गरिमा मालामाल मुद्दति योजना’ सार्वजनिक गरेको छ।
यस योजनाले आगामी दिनमा आम नेपालीको बचत गर्ने बानीलाई टेवा पुर्याउने विश्वास बैंकले राखेको छ।
बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। यसका साथै बैंकले क्रेडिट कार्ड ल्याउने तयारी पनि गरिरहेको छ।
Comments