तीजको अवसरमा प्रभु क्यापिटलले ल्यायो विशेष छुटसहित ‘प्रभु ऐश्वर्या योजना'

प्रभु क्यापिटलले तीजको सु-अवसरमा ‘प्रभु ऐश्वर्या योजना’ अन्तर्गत पीएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने विशेष अफर ल्याएको छ।

‘यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छुटको बहार’ भन्ने नाराका साथ सुरु हुने यो अफर यही भदौ १४ गते हरितालिका तीजका दिनदेखि ३१ भदौसम्म सञ्चालनमा आउने कम्पनीले बताएको छ। यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने नारीहरुले एक वर्षका लागि वार्षिक सेवा शुल्कमा १००% छुट पाउने कम्पनीले बताएको छ। 

यो योजना नारीलाई लक्षित गरी ‘महिलालाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई गत वर्ष तीजकै अवसर पारी सञ्चालनमा आएको थियो। यसमा, नारी ग्राहकले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न पाउनेछन्। 

कम्पनीका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीले अन्य पीएमएसका योजनामा जस्तै यसमा पनि दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेलमार्फत पाउने व्यवस्था गरिएको छ। साथै, प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा पोर्टफोलियो हेर्न सक्ने सुविधाको सुरुवात पनि भईसकेको बताईएको छ।

Comments

Back to top