ग्लोबल आइएमई बैंकले लन्च गर्यो 'तीज क्यासब्याक योजना'
ग्लोबल आइएमई बैंकले हरितालिका तीजका सु-अवसरमा नारी ग्राहकहरुका लागि क्यासब्याक योजना सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत् भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म) एक पटक क्यासब्याक दिईनेछ।
ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलालाई ग्राह्यता दिने भएको हो। बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाले ग्लोबल स्मार्ट प्लस ए्यापको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन्।
मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना लन्च गरेको जनाएको छ।
Comments