बच्चाहरुको हेरचाह गर्ने केयर.कम कसरी बन्यो सर्वाधिक लोकप्रिय कम्पनी ?
सफल उद्यमीहरुको खोजी गर्दा शीला लिरियो मार्सेलोको कथा छुट्ने कुरै भएन। उनले सन् २००६ मा Care.com नामक कम्पनी सुरु गरेकी थिइन्। Care.com एक अनलाइन डाटाबेस हो जसले हेरचाहकर्ताहरूलाई ती व्यक्तिहरूसँग सम्पर्कमा ल्याउँछ, जसले कसैलाई आफ्नो प्रियजन वा बच्चाहरूको हेरचाह गराउन चाहन्छन्। तपाईंले आफ्ना प्रियजनहरूसित बाँडेको सम्बन्धलाई कसैले प्रतिस्थापन गर्न नसके तापनि Care.com मा हेरचाह गर्नेहरू कुशल, दयालु र जिम्मेवार हुन्छन्।
मार्सेलोले आफ्नो व्यक्तिगत अनुभवको कारण यो कम्पनी सुरु गरेकी हुन्। एक जवान कामकाजी आमाको रूपमा उनले आफ्नो काम, छोराछोरीको र वृद्ध आमाबाबुको हेरचाहको बीचमा आफ्नो धेरै समय खर्च गर्नुपऱ्यो। सबै जिम्मेवारी निभाउन र साथ दिनको लागि मार्सेलोलाई निकै हम्मे-हम्मे पर्यो। उनी आफूजस्ता मानिसहरूका लागि एउटा कम्पनी सुरु गर्न चाहन्थिन्, जसलाई खाँचोको बेला अतिरिक्त हातको खाँचो हुन्थ्यो। आज Care.com सबैभन्दा लोकप्रिय कम्पनीहरू मध्ये एक हो जुन हेरचाह उद्योगमा आफ्नो छाप बनाउँदैछ।
मार्सेलोलाई सफल उद्यमी बनाउने कुरा यो थियो कि उनी अन्य कामकाजी मानिसहरूलाई चिन्न सक्षम थिइन् जसलाई उनको सेवा आवश्यकता हुन सक्छ। उनको बजार स्पष्ट थियो र उनको व्यक्तिगत अनुभवहरूको साथ उनी फरक प्रभाव पार्न सक्षम थिईन्।
आजका दिनमा केयर.कम ५०० मिलियन डलरको कम्पनी बन्न सफल भएको छ । मानिसहरूका लागि हेरचाहकर्ताहरू फेला पार्न मद्दत गर्न प्लेटफर्म सिर्जना गर्नु मार्सेलोको लागि ठूलो सफलता भएको छ।
Comments