गोदरेजले ल्यायो २६% सम्म डिस्काउन्ट दिने अफर

चर्चित ब्रान्ड गोदरेजले दसैँतिहारलाई लक्षित गरी गोडरेजको ‘क्यास सरप्राइज’ नामक योजना लन्च गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सक्नेछन्। ग्राहकले यो योजनाको लाभ भदौ ९ गतेदेखि सीमित अवधिका लागि नेपालभरि उठाउन सकिने कम्पनीले बताएको छ।

ग्राहकले हरेक गोदरेज सामानको खरिदमा २६% सम्मका अधिकतम छुट र आकर्षक उपहार पाउन सक्नेछन्। फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटका साथै ६ केजीसर्फ एक्सेल म्याटिक वासिङ पाउडर र टप लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटका साथै ३ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पनि पाउन सकिनेछ भने सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा २ केजीसर्फ एक्सेल म्याटिक वासिङ पाउडर पाउनुका साथै माइक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिने कुरा कम्पनीले जनाएको छ। 

त्यस्तै, रेफ्रिजेरेटर, एअर कुलर, छोटुकुल, चेस्ट फ्रिजर, एसी र भाइरोसिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिनेछ। यसका साथै एसीमा आकर्षक छुट र रु. ४ हजारबराबरको निःशुल्क एसी जडान सुविधा पाउन सकिने कम्पनीले बताएको छ । कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा समेत दिएको छ।

Comments

Back to top