प्रभु क्यापिटलले ल्यायो विशेष डिस्काउन्ट अफर !
प्रभु क्यापिटलले विशेष डिस्काउन्ट अफर ल्याएको छ।
गत भदौ १ गते प्रभु क्यापिटल तथा ट्रानकूईलिटि स्पाका बीचमा छुट सम्झौता भएको छ। यो सम्झौताअन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रानकूईलिटि स्पाबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन्।
यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाइलमा Prabhu Capital’s Digital APP Download गरी सोमा रजिस्टर भई आफ्नो डिम्याट खाता लिंक वा कनेक्ट गर्नुपर्छ। हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको मोबाइल अपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ।
ट्रानकूईलिटि स्पाको रजिस्ट्रार कार्यालय काठमाण्डौको लाजिम्पाटमा रहेको छ। असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाबाट प्राप्त गर्न सक्नेछन्।
यो अफर हालसम्म अप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ।
नेपाली पुँजी बजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै सेवा प्रदान गरिरहेको छ।
Comments