सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप ओम्नी च्यानल प्रणालीमा अपग्रेड !
सिद्धार्थ बैंक लिमिटेडले सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यको साथ मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरी ‘सिद्धार्थ बैंकस्मार्टएक्सपी’ नामक नयाँ भर्सन लन्च गरेको छ।
सिद्धार्थ बैंकस्मार्टएक्सपीमार्फत बैंकका ग्राहकले जुनसुकै समयमा, जहाँबाट पनि मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ सेवाहरु उपभोग गर्न सक्नेछन्। सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताले एप्पल एप स्टोर (https://apps.apple.com/np/app/siddhartha-banksmartxp/id1161312612) वा गुगल प्ले (https://play.google.com/store/apps/details?id=com.f1soft.banksmart.siddhartha) बाट एपलाई डाउनलोड गर्न मिल्छ।
यस सिद्धार्थ बैंकस्मार्टएक्सपीमार्फत ग्राहकले निम्न बैंकिङ सुविधाहरुको पाउनेछन्:
- पासवर्ड/पिन बिर्सिएमा आफैँले रिसेट गर्न मिल्ने
- नयाँ चेकबुक अनुरोध गर्न मिल्ने
- बैंकले दिने सेवासम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछरदर्ता गर्न मिल्ने
- बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न मिल्ने
- निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न मिल्ने
यसको अलावा डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी पाउनेलगायतका सेवाहरु पनि ग्राहकले प्रयोग गर्न पाउनेछन्।
Comments