दराजमल फेस्ट भयो लन्च: प्रिमियम ब्रान्डमा आकर्षक डिस्काउन्ट !
ई-कमर्श साइट ‘दराज’ले साउन ३० देखि दराजमल फेस्ट सुरु हुने घोषणा गरेको हो।
दराजमल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिंग मल हो जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ५०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु उपलब्ध छन्। १००% प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसंग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागी प्रदान गर्दछ। त्यसै कारण, दराजमल फेस्ट ग्राहकहरुको लागी सुपथ मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागी एक राम्रो अवसर हो।
विगतमा जस्तै, ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ % रु ७५० सम्म छुट पाउन सक्छन। बैंक डेज अफर यस प्रकार छन्।
- मंगलबार – ग्लोबल ई एम ई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५% रु ७५० सम्मको छुट / डेबिट कार्ड भुक्तानीमा १०% ५०० सम्म छुट
- बिहीबार – मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५% छुट / डेबिट कार्ड भुक्तानीमा १०% रु ५०० सम्म छुट
- शुक्रबार – नबिल बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १०% छुट (अधिकतम रु ५००)
- शनिबार – स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १०% छुट (अधिकतम रु ५००)।
- त्यसमा थप्दै पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड/क्रेडिट कार्डमा १०% (अधिकतम रु. ५०० सम्म) को अतिरिक्त प्रि-पेमेन्ट छुट प्राप्त गर्न सक्छन्।
यी बाहेक, ब्रान्ड अफ द डे जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्दछ। अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ। उदाहरणका लागि, आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६०%सम्म छुट दिनेछ, एर्कले आफ्ना सबै उत्पादनहरूमा १०% सम्म छुट र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५% सम्म छुट उपलब्ध गराउनेछ। तसर्थ, ग्राहकहरू महोत्सव अवधिभर अपडेट रहन उपयुक्त देखिन्छ ।
Comments