संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगतको भन्दा २ प्रतिशत कम ब्याज पाइने !

संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत भन्दा २ प्रतिशत कम ब्याजदर पाइने भएको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयनको लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ। गत वर्ष यस्तो व्याजदर १ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था थियो।

अहिले वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्।

Comments

Back to top