तरकारीबाट थपलिया परिवारलाई वर्षेनी ३० लाख आम्दानी

गोलबजार नगरपालिका–२ गुरुरुधामका अर्जुन थपलियका परिवारले तरकारी खेतीबाट वर्षेनी ३० लाख आम्दानी गर्न सफल भएका छन् । चार विगहा जमिनमा बैगुन(भण्टा) कोबी, लसुन, साग, फर्सि, लौका, करेला र पछिल्लो समय च्याउ उत्पादन गरेर वर्षेनी ५० लाखम्मको तरकारी बिक्री भइरहेको थपलियाले बताए ।

उनका अनसार ५० लाख मध्ये १५ लाख जति बीउ, मजदर मलखाद्यमा खर्च भइरहेको छ ।थपलियाको देखासिखिमा गुरुधाका कृषकहरु च्याउ खेतीतर्फ पनि आकर्षित हुन थालेका थालेका छन् ।

२०६३ सालसम्म पत्रकारितामा लाग्नु भएको थपलिया पछिल्लो समय तरकारी खेतीमा व्यस्त रहेका छन् । उनी भन्नछन्, “राजनीति परिर्वत सकियो । अब समाजलाई समृद्धिको बाटोमा अघि बढ्नको लागि उत्पादनमा ध्यान दिनुपर्ने उद्येश्यका साथ तरकारीखेतीतर्फ एकोहोरिएर लागेका छौँ ।”

सय घर रहेको गुरुधाममा तीन कठा जमिन हुनेले पनि मजदुरी गर्न जानु पर्दैन आफ्नै खेतमा तरकारी उत्पादन गरेर गुजारा र बचत गर्न सफल भइरहेको छ ।यस गाउँबाट महिनाको एक करोडभन्दा बढीको तरकारी स्थानीय हाट बजार मधेश प्रदेशको आठवटै जिल्ला र सीमावर्ती भारतीय लौकहा, लौकही बिरपुर खटौना बजारमा बिक्री भइरहेको छ ।

सामाजिक अभियन्ता र सिरहाका पुरानो पत्रकार अर्जून थपलिया तरकारी खेतीमा लागेपछि तीनै दाजुभाइको छ सन्तानलाई काठमाको महँगो विद्यालयमा पढाउन सफल भएको बताए । उनी अगाडि थप्छन्,”यस गरुधाम गाउँका स्थानीयहरु जङगलका दाउरा बजारमा बेचेर गुजारा गर्थे । अहिले तरकारीमा लागेपछि सबै लखपति भएका छन् । तरकारीले मलाई मात्रै होइन, गाउँकै समृद्धि भएको छ ।”

आफ्नो घर परिवारका छ जना र गाउँका ८ जना मजदूरलाई दैनिक तरकारी खेतीमा व्यस्त रहनुभएको अनभव साट्दै उनले भने, “यस गाउँका युवाहरु वैदेशिक रोजगारमा बहुत कम जाने गरेका छन् । गएकाहरु विदेशबाट फर्केपछि व्यवसायी तरकारीमा लाग्न थालेका छन् ।”

थपलिया परिवार तरकारी उत्पादनको लागि यस भेगकै प्रेरणाको स्रोत भएको अर्का कृषक राजकमार सिंहले भन्दै सिँचाईको उचित व्यवस्था र बजारको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिए कृषकहरु अझै उत्साहित हुने बताए ।

मधेस रकारका तत्कालिन भौतिक योजना मन्त्री जितेन्द्र सोनलले तरकारी खेतीको निरीक्षण गरेपछि लहानस्थित भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लहानका प्रमुख सुदर्शन अधिकारीलाई आदेश गरेपछि पँँचवटा मन्त्रीले गरुधाम गाउँको तरकारी खेतीमा सिँचाइको पाँचवटा बोरिङगको व्यवस्था गरी दिएपछि आंशिक रुपमा समाधान भए पनि अहिले १० वटा बोरिङग भइदिए सिँचाइको समस्या नै समाधान भैसक्ने स्थानीय कृषकहरुले बताएका छन् ।

Comments

Back to top