पूर्वअर्थमन्त्री छानबिन प्रकरण: सबै प्रश्नको जवाफ दिएको र निचोड समितिले नै निकाल्ने शर्माको भनाई !

पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् । बिहीवार समितिले आर्थिक वर्ष २०७९-०८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधका सबै प्रश्नको आफूले जवाफ दिएको उनले बताए ।

पूर्वअर्थमन्त्री शर्माले आफूले समितिले सोधका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने बताए । समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधपुछ गरेको थियो । तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा यसबारे सोधपुछ भएको छ । समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएर छलफलमा भाग लिएका थिए ।

तत्कालीन अर्थमन्त्री शर्मालाई २०७९-०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

Comments

Back to top