ग्लोबल र एनआइ एशिया बैंकबीच नाफामा नम्बर १ बन्ने होडबाजी
यस आर्थिक वर्षमा ग्लोबल आइएमई बैक, एनआइसि एशिया बैंक र नविल बैंकबीच प्रतिस्पर्धा देखिँदै आएको छ। जेठसम्म पनि ग्लोबल आइएमई बैंक नाफामा १ नम्बरमा छ भने पछि पछि एनआइसि एशिया बैंक देखिएको छ। तर, नविल बैंक केही पछाडि परेको देखिन्छ।
गत केहि समयदेखि यी ३ बैंकमा खुद नाफामा नम्बर १ बन्न प्रतिस्पर्धा चल्दै आएको छ। जेठमा भने नविल बैंक एनआइसि एशिया बैंक र ग्लोबल आइएमई बैंक भन्दा केहि पछाडि देखिएको छ।
चालु आर्थिक वर्षको ११ महिनामा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ४ खर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआइसि एशिया बैंकले ४ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको छ। राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाउँदा नविल बैंकले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ। नविल ग्लोबल आइएमई बैंक भन्दा नाफामा १ अर्ब रुपैयाँले पछि देखिएको छ। तर बैंकले नेपाल बंलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेकोले यी दुई बैंकको नाफा जोड्दा सबैभन्दा धेरै हुन्छ।
जेठसम्ममा सिभिल बैंकको नाफा सबैभन्दा कम देखिएको छ। यस अवधिमा सिभिलले १ अर्ब २१ करोड रुपैयाँ नाफा माएको छ। बैंक अफ काठमाण्डौले १ अर्ब २५ करोड नाफा कमाएको छ भने नेपाल बंगलादेश बैंकले १ अर्ब २७ करोड रुपैयाँ र सेञ्चुरी बैंकले १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको छ।
२७ वाणिज्य बैंकहरुमा १० बैंकको नाफा औषत भन्दा धेरै देखिएको छ भने १७ बैंकको औषत भन्दा कम छ। जेठसम्ममा बैंकहरुको औषत नाफा २ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेका छन्।
Comments