बिग्रियो स्मार्ट कार्ड प्रिन्टिर मेसिन, महालेखाले भन्छ ‘बाँकी भुक्तानी मेसिन बनाएपछि मात्रै दिन मिल्छ’
यातायात व्यवस्था विभागले खरिद गरेको स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन एक बर्ष नबित्दै बिग्रिएको पाइएको छ । महालेखा परिक्षकले बुधबार सार्वजकि गरेको ५९ औं प्रतिवेदनले यस्तो उल्लेख गरेको हो।
विभागले चार थान स्मार्ट कार्ड प्रिन्टर खरिद गर्नका लागि १५ अक्टोबर २०१७ मा अमेरिकी डलर २ लाख ४४ हजारको सम्झौता गरेको थियो ।
प्रिन्टरको फेब्रुअरी २०१९ मा जारी गरेको स्वीकार्य प्रमाणपत्रमा वारेन्टी अवधि ३ वर्ष उल्लेख भए पनि एक बर्ष नबित्दै मेसिन बिग्रिएको छ ।
प्रतिवेदनमा भनिएको छ ‘साथै प्राविधिक स्पेसिफिकेसनमा समेत वारेन्टी अवधि ३ वर्ष उल्लेख गरी खरिद सम्झौता भएको देखिएकोले स्वीकार्य प्रमाणपत्रमा जारी मितिले वारेन्टी अवधि २४ फेब्रुअरी २०२२ सम्म हुने देखिन्छ । खरिद सम्झौताको विशेष शर्त १५.१ मा स्मार्ट कार्ड प्रिन्टरको १० प्रतिशत भुक्तानी वारेन्टी सकिए पश्चात् मात्र गर्ने उल्लेख छ’ ।
तर,४ थान स्मार्ट कार्ड प्रिन्टर २०२० देखि नै बिग्रिएको र आपूर्तिकर्ता कम्पनीले वारेन्टी अवधिमा मर्मत गरेको नदेखिएकोले भुक्तानी बाँकी रहेको १० प्रतिशतले हुने अमेरिकी डलर २४ हजार ४०० अर्थात २९ लाख ३२ हजार रुपैयाँ भुक्तानी गर्न नमिल्ने महालेखाको ठहर छ ।
Comments