दक्षिण कोरियामा एक सय ८१ जना बोकेको विमान दुर्घटना, कम्तीमा २८ जनाको ज्यान गयो
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ । मुआन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा एक सय ८१ जना रहेकोमा २८ जनाको शव निकालेको बीबीसीले जनाएको छ ।
एक सय ७५ जना यात्रु र छ जना चालक दल बोकेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो । अवतरण गर्ने क्रममा दुर्घटना भएको बीबीसीले जनाएको छ ।
चरासँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक विवरण आएको तर थप अनुसन्धान भइरहेको दक्षिण कोरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एजेन्सी
Comments