पाकिस्तानमा ६० वर्ष यताकै सबैभन्दा धेरै वर्षा

पाकिस्तानमा ६० वर्षभन्दा बढी समयमा यो वर्ष सन् २०२४ को अप्रिलमा ‘सबैभन्दा बढी वर्षा भएको छ । सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा भएको अप्रिलको रुपमा यो वर्ष रेकर्ड भएको त्यहाँको मौसम विभागले जनाएको छ । विभागकाअनुसार गएको अप्रिल महिनामा सामान्यभन्दा दुई गुणा बढी ५९ दशमलव तीन मिलिमिटर वर्षा भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यो सामान्य औसत २२ दशमलव पाँच मिलिमिटरभन्दा ‘अत्यधिक’ रहेको पाकिस्तानको मौसम विज्ञान विभागले रिपोर्टमा उल्लेख गरेको छ । भारी वर्षाका कारण चट्याङ र घर भत्किँदा कम्तीमा एक सय ४४ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै वर्षा दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा औसतभन्दा चार सय ७३ प्रतशित धेरै भएको रेकर्ड गरिएको छ ।

पाकिस्तान अप्रत्याशित मौसमका साथै सामान्यतया जुलाईमा आउने विनाशकारी मनसुनी वर्षाप्रति अहिलेदेखि संवेदनशील र सचेत भएको खबरमा उल्लेख छ । 

एजेन्सी

Comments

Back to top