वायु प्रदुषणका आधारमा काठमाडौं विश्वकै दोस्रो स्थानमा, पहिलो सूचीमा भारतको राजधानी दिल्ली

काठमाडौं उपत्यकाको वायु प्रदुषण आज पनि उच्चस्तरमा छ ।

वायु प्रदुषणमा विश्वको पहिलो सूचीमा रहेको काठमाडौं आज भने दोस्रो स्थानमा छ ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा छ ।

काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) आज १८७ छ । एक्यूआई एक सयभन्दा माथिको वायु अस्वस्थकर मानिन्छ ।

सूचीको पहिलो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ भने तेस्रोमा बेइजिङ सूचीकृत छ ।

नेपालका अधिकांश भूभागमा लागेको आगलागी र डढेलोले प्रदुषणको मात्रा बढेको हो ।

पानी नपरुञ्जेल प्रदूषण हट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

एजेन्सी

Comments

Back to top