सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी केशव बोहराको नाममा रहेको केही शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा संस्थापक बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद आवेदन दिन पाउने छन् । यसका लागि इच्छुक जो–कोहीले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयसम्म शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारलाई बिक्रीमा ल्याइएको बैंकले जनाएको छ ।

एजेन्सी

Comments

Back to top