किसमिसका फाइदा तथा बेफाइदा

स्वादमा मिठो हुने किसमिस शरीरका लागि सामान्यत: फाइदाजनक नै हुन्छ । तर, कतिपय अवस्थामा यसले बेफाइदा पनि गर्न सक्छ । जानौं यसका फाइदा र बेफाइदा बारे ।

किसमिसमा फ्रुक्टोज र ग्लुकोजको मात्रा अत्यधिक हुन्छ, यी दुवै पोषक तत्वले शरीरलाई ऊर्जा दिने काम गर्छन् । किसमिसमा पाइने पोटाशियम तथा भिटामिन बी जस्ता पोषक तत्व कपालका लागि पनि राम्रो मानिन्छ । दैनिक रुपमा यसको सेवन गर्दा कपाल झर्ने समस्या पनि कम हुँदै जान्छ ।

किसमिसमा फिनोल नामक एन्टीअक्सीडेन्ट पाइन्छ जसले छालाबाट हानिकारक कणलाई हटाउन सहयोग गर्छ । यो खाँदा दागधब्बा तथा चाउरीपनाको समस्या कम हुँदै जान्छ ।

किसमिसमा प्रोनोकिल फाइटोन्यूट्रिएन्ट्स पाइन्छन् जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । त्यसैले यसको नियमित सेवनले रोग लाग्नबाट तपाईँलाई जोगाउँछ ।

तर, यसका बेफाइदा पनि छन् । यसको अत्यधिक सेवनले मोटोपनको शिकार हुन सकिन्छ । किसमिस धेरै खाँदा शरीरमा क्यालोरीको मात्रा एकदमै धेरै बढ्छ, जसले गर्दा शरीरको तौल बढ्न थाल्छ ।

किसमिस धेरै खानु मुटुका लागि पनि राम्रो मानिँदैन । त्यस्तै यसले कलेजोलाई पनि नोक्सान पुर्‍याउन सक्छ। त्यसैले यदि पहिले नै मुटु तथा कलेजो सम्बन्धी कुनै समस्या छ भने सीमित मात्रामा मात्र किसमिस खानु पर्छ । एजेन्सी

Comments

Back to top