एनएमबि बैंकको संस्थापक शेयर लिलामी बिक्री खुला

आज शुक्रबारदेखि एनएमबि बैंकले संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले खुला गरेको ५२ हजार १७२ कित्ता शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्ने छन् ।

संस्थापक शेयरको प्रतिकित्ता मूल्य १२० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

आवेदकले  एनएमबि क्यापिटल, बालुवाटार  काठमाडौंमा पुग्नेगरी  लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

Comments

Back to top