नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज

नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज (चैत १६ गते) बस्दैछ । साधारण सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभामा ६ लाख ६९ हजार ९ सय कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि पेश हुनेछ । साधारण सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ ।

यसैगरी, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ । आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको छ ।

यसअधारमा, फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

साधारण सभा, धुलिखेल लज रिसोर्ट धुलिखेलमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

Comments

Back to top