प्रिओपन सेसनमा नेप्सेमा २.५६ अंकको वृद्धि !

बिहिबार प्रिओपन सेसनमा नेप्से २.५६ अंकले बढेको छ।

बुधबार १०.८३ अंकले घटेर २०३०.८६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २,०३३.४२ मा खुलेको हो। कुल १,०७७ कित्ता सेयरको खरिदबिक्री करिब ५ लाख २६ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका २९ कम्पनीमध्ये १२ को मूल्य बढ्यो भने १४ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने परिवर्तन छैन।

यस अवधीमा कुल ४४ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top