मनसुनभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको हिजो भएको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले मनसुन सुरु हुनु अगावै राहत वितरण गरिने बताएका हुन् । 

उक्त समितिको बैठकमा उपस्थित प्रतिनिधिसभा सदस्यहरूले भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै राहत उपलब्ध गराउन गृहमन्त्री समक्ष अनुरोध गरेका थिए । उनीहरूको अनुरोधलाई स्वीकार गर्दै मन्त्री लामिछानेले मनसुन सुरु हुन अगावै राहत वितरणको कार्य अगाडि बढाइसक्ने प्रतिबद्धता जनाएका हुन् । 

जाजरकोटको बारेकोट गाउँपालिका १ लामीडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिकको राति ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम  जिल्लाका बासिन्दा प्रभावित बनेका थिए । 

Comments

Back to top