काठमाण्डाै विश्वकै प्रदूषित शहर बन्याे

काठमाण्डौ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको 'आईक्यू एअर' ले गरेको मापनअनुसार आज काठमाण्डौ सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो ।

'आईक्यू एअर' ले शुक्रबार दिउँसो काठमाण्डौको वायु गुणस्तर सूचक १ सय ९४ मापन गरेको थियाे । अहिले वायु गुणस्तर सूचक १ सय ८७ मा झरे पनि काठमाण्डाै पहिलाे नम्बरमै  छ । दोस्रो स्थानमा रहेको चीनकाे बेइजिङकाे वायु प्रदूषण सूचक १ सय ५७ भने तेस्रो स्थानमा रहेको भियतनामाे हानाेईकाे वायु गुणस्तर सूचक पनि १ सय ५७ मापन गरिएको छ ।

'एक्यूआई एअर' बाट

वायु गुणस्तर सूचक १ सयभन्दा माथि हुनु स्वास्थ्यका लागि जोखिमयुक्त मानिन्छ । एक्यूआई २ सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर नै मानिन्छ । सुक्खायाम शुरु भएसँगै जङ्गलमा लागेको डढेलो, पर्याप्त वर्षा नहुनु, काठमाण्डौको धुलाम्मे सडक, फोहर जलाउने लगायतका कारण नेपालमा प्रदूषण बढेको छ ।

एजेन्सी

Comments

Back to top