नेप्सेमा केहि अंकको सुधार, कारोबार रकममा भने गिरावट !

मंगलबार नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१० कम्पनीको कुल ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर २ अर्ब ३५ करोड ४३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६८ कम्पनीको सेयर मूल्य बढेको छ, ६८ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक  बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा डोल्टी पावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.३५% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ३१ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै जोसी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीको कारोबार भयो।

Comments

Back to top