सामसङ ग्यालेक्सी ए५५ र ए३५ फाइभजी सार्वजनिक

सामसङले नेपालमा ग्यालेक्सी ‘ए’ सिरिजका दुई नयाँ फोनहरू ए५५ फाइभजी र ग्यालेक्सी ए३५ फाइभजी सार्वजनिक गरेको छ।

यी दुवै फोनमा सामसङ नक्स भल्ट सुरक्षा सुविधा रहेको छ। फोनमा बलियो फोटोग्राफी क्षमता र भिजन बुस्टर समेत समावेश रहेको कम्पनीले जनाएको छ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, 'हामीले ग्यालेक्सी ए सिरिजमार्फत हाम्रा नवीनतम् प्रविधिहरूलाई अझ बढी ग्राहकहरूका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेका छौँ, ताकी धेरैले यसको सुविधाहरूको आनन्द लिन सकुन्।'

ग्यालेक्सी ए५५ फाइभजीमा रहेको एआई इमेज सिग्नल प्रोसेसिङ (आईएसपी) सुविधाले कम उज्यालोमा पनि फोटो खिच्ने कम्पनीको भनाइ छ। फोनमा नाइट पोट्रेट मोड र १२ बिटको एचडीआर भिडियो सुविधा छ।

दुवै फोनमा अप्टिकल इमेज स्टेब्लिजेसन (ओआईएस) र भिडियो डिजिटल इमेल स्टब्लिजेसन (भीडीआईएस) सुविधा रहेको छ। ६.५ इन्चको स्क्रिन रहेका दुवै फोनमा सुपर अमोलेड डिस्प्ले छ।

सामसङ नक्स भल्ट सुरक्षा सुविधाले सिस्टमको मुख्य प्रोसेसर र मेमोरीबाट अलग गरिएको सुरक्षित कार्यान्वयन वातावरण निर्माण गरेर हाडवेयर र सफ्टवेयर आक्रमणहरूविरुद्ध व्यापक सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ। यसले पिन कोडहरू, पासवर्डहरू र प्याटर्नहरू जस्ता लक स्क्रिन प्रमाणहरूसहित उपकरणमा सबैभन्दा महत्त्वपूर्ण डेटा सुरक्षित गर्न मद्धत गर्ने सामसङले जनाएको छ। यसले फोनमा रहने प्रयोगकर्ताको निजी डाटा इन्क्रिप्ट गर्छ।

फोन स्विच अन गर्दा अटो ब्लकरले सम्भावित मालवेयरका लागि स्क्यान गर्ने कम्पनीको भनाइ छ।

ग्यालेक्सी ए५५ फाइभजी र ग्यालेक्सी ए३५ फाइभजीमा फोर जेनेरेसनसम्मको एन्ड्रोइड ओएस, एउटा यूआई अपग्रेड र पाँच वर्षको सुरक्षा अपडेट मिल्ने कम्पनीले जनाएको छ।

Comments

Back to top