अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाए

अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् ।

अरुले भने ब्याजदर घटाएका छन् । बैंकहरुले मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदरमात्र यहाँ प्रस्तुत गरिएको हो । विभिन्न शीर्षक अनुसार विभिन्न किसिमका ब्याजदर तोकिएका छन् ।

अहिले मुद्दति निक्षेपको ब्याजदर निकै तल आएको छ । निक्षेपको ब्याजदर घटेपनि कर्जाको ब्याजदर अझै उच्च भएको व्यवसायिहरुले बताउँदै आएका छन् ।उच्च ब्याजदर र अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन सकेको छैन ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । उक्त तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई हम्मेहम्मे परेको छ ।

अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । यसैकारण बैंकहरुले ब्याजदर घटाएर भए पनि कर्जा प्रवाह बढाउने रणनीति लिएका हुन् । सिद्धान्ततः निक्षेपको ब्याजदर घटेपछि बेस रेट पनि कम हुँदै जान्छ । त्यसको फाइदा ऋणीले पाउँछन् ।

Comments

Back to top