गेब्रियल एटल: जो बनेका छन् फ्रान्सका सबैभन्दा कान्छो र पहिलो समलिङ्गी प्रधानमन्त्री

राजनीतिक उथलपुथलको सामना गरिरहेको फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षीय गेब्रियल एटललाई फ्रान्सको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

योसँगै गेब्रियल फ्रान्सको इतिहासमा सबैभन्दा कान्छो र पहिलो समलिङ्गी प्रधानमन्त्री बनेका छन् । उनी प्रधानमन्त्री पदबाट राजीनामा दिएका ६२ वर्षीया एलिजाबेथ बोर्नको स्थानमा आएका हुन् । यस वर्षको अन्त्यमा हुन लागेको युरोपेली संघको चुनावअघि म्याक्रोनले आफ्नो टोलीमा ठूलो परिवर्तनको तयारी गरिरहेका बेला गेब्रिएलको प्रधानमन्त्रीको रूपमा यो नियुक्ति भएको हो ।

आफ्नो उमेरभन्दा झण्डै दोब्बर भएकी प्रधानमन्त्री एलिजाबेथ बोर्नलाई ग्याब्रियल एटलले प्रतिस्थापन गरेका छन् । उनको राजीनामापछि एटलको पद लगभग निश्चित मानिएको थियो । एलिजाबेथ बोर्नको राजीनामाको कारण नयाँ अध्यागमन कानूनलाई लिएर बढ्दो राजनीतिक तनाव रहेको मानिन्छ ।

फ्रान्सका सबैभन्दा कान्छो प्रधानमन्त्री एटलको जन्म मार्च १९८९ मा भएको थियो । उनका बुबा यहूदी मूलका हुन् भने उनकी आमाका पुर्खाहरू ग्रीक–रूसी थिए। अटल घोषित रुपमा समलैंगिक छन् ।

फ्रान्सका नयाँ र कान्छो प्रधानमन्त्री गेब्रियल देशको शिक्षा मन्त्रीको रूपमा कार्यरत थिए । उनी राष्ट्रपति म्याक्रोनका नजिकका व्यक्तिहरूमा गनिन्छन् । उनी फ्रान्सका अहिलेसम्मकै कान्छो शिक्षामन्त्री पनि थिए । एटल समाजवादी शिविरका हुन् । सरकारको प्रवक्ताको हैसियतमा सुरु गर्दै एटल राजनीतिक सिँढीमा निरन्तर उक्लिएका छन् ।

पाँच वर्षअघि पहिलो पटक सरकारमा नियुक्त हुँदा उनी पाँचौँ गणतन्त्रको इतिहासमा सबैभन्दा कान्छो मन्त्री बनेका थिए । एटललाई एक समझदार, सहज राजनीतिक सञ्चालकको रूपमा चिनिन्छ । उनको वयस्क जीवनको अधिकांश समय राजनीतिमा बित्यो ।

Comments

Back to top