प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र नियन्त्रणमा लिएको इजरायली सेनाको घोषणा

इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोहीहरू रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर हमला थालेको थियो ।

रातभरको हमलामा २० जना हमास लडाकु मारिएको र तीन वटा सुरुङ भत्किएको इजरायलले जनाएको छ। प्रत्यक्षदर्शीले रातभर इजरायली सेनाले अन्धाधुन्ध मिसाइल र बम हानेको बताएका छन् । हिजो भाग्न नसकेका कैयाैँ नागरिक पनि मारिएको शङ्का छ । पूर्वी रफाहका धेरैजसो घर भत्किएका छन् । इजरायली झण्डा फहराउँदै सैनिक ट्याङ्क अहिले रफाहमा घुमिरहेका छन् ।

इजिप्टको सीमा नजिकै रहेको रफाह क्रसिङ अब इजरायली नियन्त्रणमा आएसँगै मानवीय सहायताका सामग्रीको आपूर्ति ठप्प भएको छ । रफाह क्रसिङ नै अहिलेसम्म सहायता सामग्री पुर्‍याउने एकमात्र मार्ग थियो । गाजाबाट विस्थापित भएका झन्डै १५ लाख जना शरणार्थी रफाहमा रहेकाले त्यहाँ आक्रमण नगर्न विश्वव्यापी दबाब रहे पनि इजरायलले पूर्व रफाहबाट आक्रमण थालेको हो ।

एजेन्सी

Comments

Back to top