भगवान् शिव र त्रिशूल

भगवान् शिवको स्मरण गर्दा हाम्रो मनमा हातमा त्रिशूल, डमरु, शिरमा जटा, गलामा साँप भएका महादेवको विराट छवि सिर्जना हुन्छ । भगवान् शिव भूत, भविष्य र वर्तमान सबै हुन् । उनी कालमाथि विजय प्राप्त गरेका महाकाल हुन् । कालले उनको केही बिगार्न सक्दैन । मंहाकाल शिवका दुई प्रमुख अस्त्र धनुष र त्रिशूल हुन । हामिले उनको हातमा सदैव त्रिशूल देख्दै आएका छौं । प्रश्न उठ्छ भगवान् शिवको हातमा यो त्रिशूल कसरी आयो ? यसको अर्थ र महत्त्व के हो ?

शिव पुराणअनुसार सृष्टिको आरम्भमा भगवान शिव ब्रह्मनादबाट प्रकट भएका थिए । उनका साथ तीन गुण रज, तम तथा सत पनि प्रकट भए । यी तीनै गुण भगवान् शिवका शुल बने, जसबाट त्रिशूलको निर्माण भयो । त्रिशूल भगवान् शिवको प्रमुख अस्त्र हो । यो त्रिशूल यी तीन गुण रज, तम तथा सतको प्रतीक पनि हो । त्रिशूल सुरुदेखि नै भगवान् शिवको साथमा देखिँदै आएको छ । विष्णु पुराणअनुसार, भगवान् विश्वकर्माले सूर्यको अंशबाट त्रिशूलको निर्माण गरेका थिए, जुन उनले भगवान् शिवलाई प्रदान गरे ।

रज, तम तथा सत गुणबीचको सन्तुलनबिना सृष्टि सञ्चालन नहुने भएकाले सृष्टिमा सन्तुलन स्थापना गर्न भगवान् शिवले आफ्नो हातमा त्रिशूल धारण गरेका हुन् । भगवान् महादेव यीनै तीन गुणमा सन्तुलनका लागि ध्यानमा मग्न रहन्छन् । यसले के पनि दर्शाउँछ भने भगवान् शिव यी तीनैवटा गुणभन्दा माथि छन्, उनले ती गुणमाथि विजय प्राप्त गरेका छन् ।

त्रिशूललाई तीन कालसँग पनि जोडेर हेरिन्छ । भगवान् शिवको त्रिशूल भूत, भविष्य तथा वर्तमानकालको प्रतीक पनि हो । त्यसैले भगवान् शिवलाई त्रिकालदर्शीसमेत बनाएको छ । भगवान् शिवलाई भूत, भविष्य र वर्तमान सबैको ज्ञान छ ।

कतिपयले भगवान् शिवको त्रिशूललाइ ब्रह्मा, विष्णु तथा महेशको प्रतीक पनि मान्छन् । भगवान् शिवले यही त्रिशूलबाट कैंयन् राक्षसको वध गरी यो सृष्टिमा शान्ति स्थापित गरेका थिए । भगवान् शिवका भक्तहरु आफ्नो घरमा त्रिशूल राख्छन् जसका कारण घरबाट नकारात्मक शक्ति भएको थियो ।

Comments

Back to top