बजारमा सामसङ ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन सार्वजनिक

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१५ स्मार्टफोन सार्वजनिक भएको छ । कम्पनीले हालै नेपाली उपभोक्तामाझ यो फाइभजी स्मार्टफोन भित्र्याएको हो।

फोन ९० हर्ज रिफ्रेस रेट सहित ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । एन्ड्रोइड १४ मा आधारित वन यूआई सिक्सबाट चल्ने फोनमा मिडियाटेक डाइमेन्सिटी ६१०० प्लस (६ एनएम) चिपसेट राखिएको छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड र २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ । त्यस्तै १३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । कम्पनीले यसमा २५ वाटको वायर्ड चार्जिङ सहित ५०० एमएएचको ब्याट्री दिएको छ ।

नेपाली बजारमा ६/१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा यो फोन किन्न सकिन्छ, जसको मूल्य क्रमशः रु/- २७,९९९, रु/- २९,९९९ र रु/- ३३,९९९ तोकिएको छ ।

Comments

Back to top