दैनिक चिया सिड्स खाँदा हुन्छ यस्तो फाइदा

चिया सिड्स स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । धेरै व्यक्तिले तौल कम गर्न यसको दैनिक सेवन गर्छन् ।

यसमा ओमेगा ३, क्याल्सियम, फाइबर, प्रोटिन र एन्टीअक्सीडेन्ट भरपूर मात्रामा पाइन्छ । यस्तोमा चिया सिड्स खाँदा शरीरमा कयौं प्रकारका फाइदा हुन्छन् ।

तपाईंले दिनको सुरुआत चिया सिड्स खाएर गर्न सक्नुहुन्छ । यसलाई पानीमा भिजाएर खानु फाइदाजनक मानिन्छ ।

तौल कम गर्न चाहनुहुन्छ भने दैनिक रुपमा चिया सिड्सको सेवन गर्नु लाभदायक हुन्छ । यसले तौल कम गर्न एकदमै सहयोग गर्छ ।

त्यसका लागि तपाईं बिहानको दुध चिया वा अन्य खालका अस्वस्थकर पेय पदार्थको ठाउँमा चिया सिड्स खानुपर्ने हुन्छ ।

चिया सिड्समा भरपूर मात्रामा फाइबर पाइन्छ । यसको सेवनले पेटका विभिन्न समस्याबाट राहत पाउन सकिन्छ । साथमा पाचन पनि राम्रो हुन्छ ।

दैनिक चिया सिड्सको सेवनले मुटुसँग जोडिएका समस्यामा पनि फाइदा पुग्छ ।

रातभर पानीमा भिजाएर राखेको चिया सिड्स बिहान सेवन गर्दा हड्डीका लागि पनि फाइदा गर्छ । यसले हड्डी बलियो हुँदै जान्छन् ।

चिया सिड्स स्वास्थ्यका लागि राम्रो भए पनि आवश्यकता भन्दा धेरै खानु हुँदैन । यसमा पाइने उच्च फाइबरले शरीरमा नोक्सान पनि पुर्याउन सक्छ ।

त्यसैले नियमित रुपमा सही मात्रामा चिया सिड्स सेवन गरेर फाइदा लिन सकिन्छ ।

Comments

Back to top