साल्ट ट्रेडिङ्गको ब्यापारसँगै खुद नाफा ९० प्रतिशत बढ्यो

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ब्यापारमा आएको वृद्धिसँगै खुद नाफा पनि बढेको छ । ब्याजखर्चमा भएको उच्च वृद्धिका वावजुत कम्पनीको आम्दानीमा उच्च सुधार भएपछि खुद नाफामा समेत सोही अनुसारको आकर्षक भएको हो ।

गत आर्थिक वर्षको पुससम्मको तुलनामा कम्पनीले ९०.१५ प्रतिशतले वृद्धि गर्दै ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महीनामा कम्पनीले १ करोड ८८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ४३ पैसाबाट बढेर १२ रुपैयाँ ८४ पैसा पुगेको छ । चुक्ता पुँजी दश प्रतिशतले बढेर २७ करोड ८८ लाख ८४ हजार ३०९ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म जगेडा कोषको आकार पनि २ करोड ८५ लाख ५४ हजारले बढेर १ अर्ब ३५ करोड ७७ लाख १४ हजार रुपैयाँ रहेको छ । पुससम्म कम्पनीको प्रति सेयर नेटवर्थ ४१९ रुपैयाँ ३५ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मुलय ३२५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०८.८७ गुणा छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षको पुसको तुलनामा कम्पनीको कुल आय समग्रमा ३०.४५ प्रतिशतले बढेको छ । कम्पनीको कुल आय ५५ करोड ५७ लाख १९ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको बिक्री आय प्रतिशत बढेको छ । पुससम्म ३ अर्ब ४५ करोड ३८ लाखबाट बढेर ६ अर्ब ६९ करोड ५६ लाख पुगेसँगै कुल आम्दानीमा पनि सुधार भएको हो ।

Comments

Back to top